शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ को नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा

कक्षा ११ को नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा

  • बुधबार, असार १०, २०७७
कक्षा ११ को नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा

काठमाडौं — एसईई जस्तै कक्षा ११ को परीक्षा पनि नहुने भएको छ । यसको नतिजा पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा गरिने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ को परीक्षाको नतिजा पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा गरिने जानकारी दिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ नेपाल)ले आयोजना गरेको शिक्षाको समसामयिक विषयमा शिक्षामन्त्रीसँग साक्षत्कार विषयक भर्चुअल कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले कक्षा ११ को परीक्षाको नतिजा पनि विद्यालयकै मूल्यांकनकै आधारमा गर्ने तयारी भइरहेको बताए ।

विद्यालयकै मूल्यांकनको आधारमा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिए ।

ऐनले नै परीक्षाको व्यवस्था गरेकाले एसईई र कक्षा ११ को परीक्षाको सम्बन्धमा शिक्षा विधेयक संशोधन गरी संसदमा पेश गर्ने तयारी भएको मन्त्री पोखरेलले जानकारी दिए ।

हाल राष्ट्रिय शिक्षा ऐन र प्राविधिक शिक्षा ऐनका विधेयक अर्थमन्त्रालयबाट रायसहित सहमति आएकाले छिट्टै कानून मन्त्रालयमा पठाउने तयारी भएको पोखरेलले जानकारी दिए ।

यसअघि एसईई, कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । तर, विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको भएकाले यसलाई मात्रै बोर्डले सञ्चालन गर्नुपर्ने आवाज उठिरहेको थियो । अन्ततः शिक्षा मन्त्रालय कक्षा ११ को नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्न तयार भएको हो । यस अघि मन्त्रिपरिषद्को बैठकले नै एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

एजुकेशन पाटी अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार