• होमपेज
  • कोशी प्रदेश
  • असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : उपप्रधानमन्त्री पोखरेल

असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : उपप्रधानमन्त्री पोखरेल

  • मङ्लबार, असार ९, २०७७
असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : उपप्रधानमन्त्री पोखरेल

असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र त्यो भइरहेको पनि छ’ उनले अनलाइनखबरसँग भने, ‘लकडाउनका नियम सबैले पालना गरौं ।’

उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए ।

लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक यातायातबारे अहिलेसम्म नयाँ निर्णय भएको छैन ।

सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको छ ।

स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उपप्रधानमत्री पोखरेलले बताए । उनकाअनुसार सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन । सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न उनले आग्रह गरे ।

अहिलेसम्म संक्रमण भारत र तेस्रो मुुलुकबाट आएकाहरुमा मात्र देखिएको र समुदायमा नफैलिएको हुनाले यो अवस्था कायमै राख्नु चुनौतिपूर्ण रहेको सरकारको बुझाइ छ ।

चर्चामा

सम्बन्धित समाचार