बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

  • मङ्लबार, असार ९, २०७७
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ९ सय ९३ संक्रमित भेटिएका छन्। यो सँगै संक्रमितको संख्या ४ लाख ४० पुगेको हो।

गत २४ घण्टामा ३ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म मृतकको संख्या १४ हजार ११ पुगेको छ।
भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा भेटिएको छ। महाराष्ट्रमा १ लाख ३५ हजार बढी संक्रमित छन्। जसमध्ये ६ हजार १ सय ७० जना संक्रमितको मृत्यु भएको छ। ६५ हजार ७ सय ४४ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ।

राजधानी दिल्ली संक्रमित प्रदेशको सूचीमा दोस्रो स्थानमा छ। त्यहाँ ६२ हजार बढी संक्रमित छन् भने २ हजार २ सय ३३ जना संक्रमितको मृत्यु भएको छ। ३० हजार १३ जना उपचारपछि निको भएका छन्।

६० हजार बढी संक्रमित भेटिएसँगै तमिल नाडु प्रदेशको तेस्रो सूचीमा छ। त्यहाँ मृतकको संख्या ७ सय ५७ पुगेको छ। हालसम्म ३२ हजार बढी उपचारपछि निको भएका छन्।

भारतमा संक्रमित र मृतकको संख्या दैनिक बढ्दै गएको त्यहाँको मन्त्रालयले जनाएको छ। #स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार