शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • स्वास्थ्यकर्मीका दुख न भोक न प्यास

स्वास्थ्यकर्मीका दुख न भोक न प्यास

  • मङ्लबार, असार ९, २०७७
स्वास्थ्यकर्मीका दुख न भोक न प्यास

बडिमालिका समाचार / बाजुरा ९ असार — बुढीगंगा नगरापलिकाकामा भारत लगाएत अन्य मुलकबाट आएर क्वारेन्टिनमा बस्नेको चाप बढेसंगै आडिटी पोजेटीभको संख्यामा समेत बृद्धि हुन थालेको छ ।
बुढिगंगा नगरपालिकाका वडा नम्बर ७, ८, ९ र १० का ३ सय ३८ जनको आरडिटी पोजेटिभ देखीएको थियो । यी सबै भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा १४ दिन बसेकाहरुमा पोजेटिभ देखीएका हुन ।
सुदुरपश्चिम प्रदेशको प्रयोग शाला सेति प्रादेशीक अस्पतालमा स्वाब संकलन गरि पठाउदा रिपोट आउन समय लाग्ने भएपछि कर्णाली प्रदेशको कर्णाली बिज्ञान प्रयोग शाला जुम्लामा नगर प्रमुख दिपक बिक्रम शाह र स्वास्थ्य संयोजक दिपक शाह स्वाब लिएर आफै गएका छन् । सिमित साधा स्रोत र जनसक्रिले काम गर्नु परेको यो महामारीमा स्वास्थ्यकर्मीले न भोक लाग्यो भन्न पाएका छन् न पानी प्यास भन्न पाएका छन् ।
बिहान देखी स्वाब संकलनमा लाग्नु पर्छ साझ ६ बजेसम्म पानी समेत खान नपाईने गरि काम गर्नु परिरहेको स्वास्थ्यकर्मी ल्याब खडक बिष्टले बताए । बिहान पीपीसेट लगाएर संकलनमा लाग्नु पर्छ बिचमा खोल्न पनि मिल्दैन । काममा लागेपछि दिशा पीसाब समेत गर्न पाईदैन बिष्टले बताए ।
तीन जना ल्याब मात्र छु जनसक्ति बढी भए आलो पालोमा गर्न पनि हुन्थ्यो जनसक्ति नभएको कारणले बिहान देखी साझसंम्म खाना पानी नखाएर काम गर्नेु परेको अर्का स्वास्थ्यकर्मी ल्याब दिपक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार