शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ११६१ कोरोना संक्रमित, १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव

सुदूरपश्चिममा ११६१ कोरोना संक्रमित, १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव

  • मङ्लबार, असार ९, २०७७
सुदूरपश्चिममा ११६१ कोरोना संक्रमित, १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव

सुदूरपश्चिम प्रदेशकमा कोरोना भाइरसका गम्भिर बिरामी फेला परे उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव हुने देखिएको छ। पहिलो संक्रमित पुष्टि भएको तीन महिना पुग्नै लागेपनि सुदूरपश्चिममा कोरोना भाइरसका गम्भिर बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था हुन नसकेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार सुदूरपश्चिममा १४ बेडको आइसियू र १० वटा भेन्टिलेटर मात्रै उपलव्ध छ। सेती अस्पतालमा १० बेडको आईसीयू र महाकालीमा चार बेड गरी १४ बेडको आईसीयू रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्याङकमा उल्लेख छ।

यो तथ्याङकले सुदूरपश्चिम प्रदेशमा बढिमा कोरोना भाइरसका १४ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव रहेको स्पष्ट पारेको छ। गम्भिर बिरामीको उपचारका लागि आवश्यक आइसियू र भेन्टिलेट थप गर्नमा भने प्रदेश सरकारले चाँसो नदिएको हो।

लकडाउनपछि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा २ वटा भेन्टिलेटर सहित ५ बेडको आईसियु थप गरिएको छ भने कञ्चनपुरमा बर्षाै पहिले खरिद गरिएको चार बेडको आइसियू तयारी अवस्थामा राखिएको छ।

यता सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थीले थप भेन्टिलेटर खरिदको प्रक्रिया अगाडी बढेको बताए।

‘जिल्ला अस्पतालहरुको लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको थियो,’ अवस्थीले दिनेश खवरलाई भने, ‘सोही निर्णय अनुसार भेन्टिलेटर खरिदको प्रक्रिया अगाडि बढेको छ।’ सुदूरपश्चिममा अहिलेसमम एक हजार एक सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने ५ जनाको मृत्यु भईसकेको छ। एक सय ६५ जना भने डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार