शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिर्शियौ कि नेपाली नालापनीको युद्ध

बिर्शियौ कि नेपाली नालापनीको युद्ध

  • सोमवार, असार ८, २०७७
बिर्शियौ कि नेपाली नालापनीको युद्ध

गजल!
अंग्रेज एम सी सी बोकेर आउँदै छ,
आफ्नो ताकत नै झोकेर आउँदै छ।

प्रधानमन्त्री भन्नु हुँन्छ अध्यान गरौँ,
साम्राज्यवादले त घोकेर आउँदै छ।

दिन्छ गरिब भनेर सित्तै मा अनूदान,
योजना बद्धरुपमा तोकेर आउँदै छ।

पहिले ता भारत लाई गुलाम बनायो,
राक्षेशले झैँ धेरै देश टोकेर आउँदैछ।

उस्ले हाकिदाउँ भन्दियो चेलेञ्जर हो,
त्यसैले त नयाँ ताल ठोकेर आउँदै छ।

बिर्शियौ कि नेपाली नालापनीको युद्ध,
संझना को कोसेली फोकेर आउँदै छ।

अँघी अनुदान को पोको देखाउँदै उस्ले,
पछि धारीलो हतियार रोकेर आउँदै छ।
सुरेशकुमार पान्डे।२२-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार