• होमपेज
  • देश
  • बाजुराका गाँउमा खुलेआम हिड्छन् कोरोना संक्रमित

बाजुराका गाँउमा खुलेआम हिड्छन् कोरोना संक्रमित

  • सोमवार, असार ८, २०७७
बाजुराका गाँउमा खुलेआम हिड्छन् कोरोना संक्रमित

बाजुरामा कोरोना संक्रमितहरु खुलेआम गाँउमा घुमिरहेको स्थानियले वताएका छन् । बडिमालिका नगरपालिकामा कोरोना संक्रमितलाइ क्वारेनटाइन बाट घर पठाएपछि उनिहरु गाँउ घुमिरहेका पाईएको छ ।
बडिमालिका नगरपालिकामा ४० जना संक्रमित रहेका छन् । ३२ जना भने रिपोट नआउदै घर पठाएको थियो, उनिहरु भने अहिले गाँउ घुमिरहेका छन्, कसैलाई वास्ता समेत नरहेको पाईएको छ । आरडिटि पोजेटिभ आएको थियो, पिसिआर रिपोट नआउदै उनिहरुलाई घर पठाएको थियो ।
बडिमालिका नगरपालिका ५ मनाका समिन साउद ले भने १४ जना कोरोना संक्रमित गाँउ आएका छन्, धारो सबै एउटै छ, घरमा शौचालय पनि एउटै छन्, गाँउ पुरै त्रासमा रहेको उनले वताएका छन् । नगरपालिकाले सरासर घर पठायो, उनिहरु गाँउ डुलिरहेका छन्, गाँउका सबै एउटै धारो प्रयोग गरिरहेको समिनले वताएका छन् ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल भन्छन्, पिसिआर रिपोट दुइहप्ता सम्म नआएपछि क्वारेनटाइनमा बसिरहेकाले पनि नमानेपछि घर पठाएका थियौ । अघिल्लो दिन घर पठायौ पछिल्लो दिन रिपोट आएको बताए । कसैलाई लक्षण चिन्ह देखाएको थिएन्, घरको आइसोलेसनमा बस्ने गरि घर पठाएको उनले वताए ।
कोरोना संक्रमितलाई घरमा होम आइसोलेसन प्रयोग गर्ने गरी पठाएको भएनि कसैले पनि होम आइसोलेसनका मापदण्ड अनुसार प्रयोग नगरेको पाईएको छ । एकजना कोरोना संक्रमितले भने घर सबै परिवारलाई बस्नलाई त कोठा छैन्, कहाँ अलगै बस्नु सबै सँगै बसिरहेको वताएका छन् । अर्को कोरोना संक्रमित कसरी बसिरहेका छन्, अबस्था के छ भन्ने कुनै जानकारी समेत नभएको पाईएको छ ।
जनस्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, सरकारको मापदण्ड अनुसार लक्षण नदेखिएको १४ दिन पुरा गरेकोलाई घर पठाउने निति अनुसार घर पठाएको बताउँछन् । कोरोना संक्रमितको सम्पर्कमा आएका कसैको पनि न आरडिटि जाँच गरेको छ, न पिसिआर जाँच गरेको पत्रकार महासंघ बाजुरा शाखाका पुर्व अध्यक्ष मदन राजैशीले वताएका छन् । उनले थपे समुदायमा संक्रमण फैलिसकेको छ, चेकजाँच नभएर मात्र हो ।
त्यस्तै बुढिगंगा नगरपालिका धुरालसैन माबिको क्वारेनटाइनमा १९ जना कोरोना पोजेटिभ भेटिए । उनिहरु सँगै बसेका स्वाब लिएको ११ दिन पछि रिपोट आएका १ सय ७ जना पनि घर गएपछि गाँउनै त्रसित बनेको छ । सरकारको गैर जिम्मेवारीका कारण कोरोना संक्रमित सँग बसेका घरमा आएका छन्, उनिहरु निर्वाध रुपमा गाँउ डुलिरहेका स्थानिय लक्ष्मण थापाले वताएका छन् । गाँउमा कोरोना त फैलिरहेको छ, तर चेकजाँच नभएर रहेको वताएका छन् । आजभोली सामान्य ज्वरो खोकी लागेका रोग लुकाएर बसिरहेका छन् । कोरोना होकी चेक गरे थाहा हुन्छ भने स्वास्थ्य चौकीमा चेक गर्न समेत नजाने गरेको स्थानियले वताएका छन् ।
बाजुरामा .६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको पुष्टि भएको छ । बिहिवार आएको रिपोटमा ६ जनामा संक्रमण भएको पुष्टि भएको थियो । संक्रमण मध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एकजना अस्पतालको कर्मचारीमा भेटिएका हुन् । सबैजना उपचारमा तथा चेकजाँच गरिरहेकामा देखा परेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
संक्रमित भएका स्वास्थ्यकर्मीलाइ क्वारेनटाइनमा राखिएको बताएपनि उनिहरु भने रिपोट नआउदाका दिन सम्म बजार घुमिरहेका स्थानियले वताएका छन् । क्वारेनटाइनमा बसेका भएपनि खाजा खान देखी लिएर खुलेआम बजार घुमिरहेका थिए, पछि तिनलाइ नै संक्रमण देखिएपछि मार्तडीबासि निकै त्रसित भएका छन् ।
त्यस्तै ति स्वास्थ्यकर्मीहरु बडिमालिका नगरपालिमा आउने काम गर्ने गरिरहेका थिए । नगरपालिका एक कर्मचारीले भने उनिहरु सधै अफिस आएको देखिन्थे, कुनै साबधानि अपनाएको थिएन्, उनिहरुमा नै संक्रमण देखिएको सुन्दा त उनिहरुले धेरैलाई सारिसकेको हुन सक्ने बताएका छन् । उनिहरुलाइ यसरी बजार किन घुमेको भन्दा हामीलाइ कहाँ कोरोना लाग्छ, लागेपनि केही हुन्न, हामी सुरक्षित छौ भन्ने गरेका थिए, एक ब्यापारिले वताए ।
उनिहरुको स्वाब संकलन ३१ गते गरिएको थियो, त्यो भन्दा पहिला पनि बिहिवार रिपोट आउने दिन सम्म उनिहरु खुलेमखुल्ला बजार घुमिरहेका थिए, होटलमा खाजा खाइरहेका थिए, एक होटल ब्यवसाहिले वताएका छन् । उनिहरु धेरैको जनसम्पर्कमा गएपनि उनिहरुका सम्पर्कमा आएका कसैको पनि आरडिटि तथा स्वाब संकलन गर्न भने कुनै पहल भएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार