बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा सरकारकै लापरवाहीले कोरोनाको जोखिम बढ्दो

सुदूरपश्चिममा सरकारकै लापरवाहीले कोरोनाको जोखिम बढ्दो

  • सोमवार, असार ८, २०७७
सुदूरपश्चिममा सरकारकै लापरवाहीले कोरोनाको जोखिम बढ्दो

धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारी निकायकै लापरवाहीले कोरोनाको जोखिम बढ्दै गएको छ। प्रदेश सरकार लगायतका निकायले कोरोनाको संक्रमण बढ्दै गएका बेला रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेपछि जोखिम बढेको हो।

प्रदेश सरकार मातहतका निकायले कोरोनाको रोकथाम तथा न्यूनीकरणमा काम गरिरहेको दावी गरेपनि जोखिम झनै बढेको छ। कोरोनालाई नियन्त्रण गर्न थप रणनीति अख्तियार गर्न सकेका छैनन्। अहिले खासगरी प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनमा राखिएकाहरुलाई पीसीआर रिर्पोट नआईकन अवधी पूरा गरेको भन्दै धमाधम घर फकाईन थालिएको छ।

घर फर्काएको लामो समय पछि रिर्पोट पोजेटिभ आउँदा उनीहरुको सम्पर्कमा आएकाहरुको मात्र नभई स्वयंम संक्रमितकै पहिचान गर्न समेत मुस्कील पर्न थालेको छ। स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड –१९ सम्पर्क व्यक्ति हरीप्रसाद भट्टले क्वारेन्टिनमा बसेकाहरुको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी प्रयोगशाला पठाउँदै आएको बताए।

तर उनीहरुलाई क्वारेन्टिनबाट घर फर्काएपछि मात्र रिर्पोट पोजेटिभ आउँदा समुदाय स्तरमा जोखिम फैलिन खतरा बढेको छ। संक्रमितको पहिचानमै ढिलाई हुँदा उनीहरुका सम्पर्कमा आएकाहरुको ट्रेसिङमै समस्या हुन थालेको उनी बताउँछन्। तरपनि ट्रेसिङको काम जारी राखिएको भट्टले बताए।

स्वास्थ्य कार्यालयलाई कोरोना संक्रमित पहिचान तथा उनीहरुको सम्पर्कमा आएकाहरुको टे«सिङ गर्न मुस्कील परेपनि त्यसलाई व्यवस्थापन गर्ने रणनीति बनाउन सकेका छैनन्। ९ वटै जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा सम्भावित संक्रमितको नमूना संकलन गर्ने, आरडिटी टेस्ट गर्ने सम्मका काम गरिरहेपनि समुदाय स्तरमा हुने संक्रमण रोकथाममा खासै ध्यान नदिएको आरोप लागेको छ।

तर स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख ललित धामीले भने स्थानीय तहसँगको समन्वयमा सम्भावित विरामीको नमूना संकलन तथा परीक्षणका कामलाई गति दिईएको बताए। उनले थप संक्रमण फैलिन नदिन जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरिने जनाए।

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन नदिन संक्रमित व्यक्तिलाई आईसोलेसनमा राख्नुपर्ने भएपनि सुदूरपश्चिममा उनीहरुको नियमन नहुँदा गाउँ टोलमा डुल्ने गरेको जनगुनासो समेत बढ्दै गएको छ। सरकारले होम आईसोलेसनमा बस्नुपर्ने निर्देशिका जारी गरेपछि त अस्पतालहरुमा लक्षण भएका संक्रमितलाई मात्र राख्ने गरिएको छ।

जसका कारण प्रदेशका अस्पतालहरुमा निकै न्युन संख्यामा रहेका आईसोलेसन शैया समेत खाली रहेका छन् भने समुदाय स्तरमा संक्रमणको खतरा बढेको छ। प्रदेश सरकारले आईसोलेसनको संख्या फेरी बृद्धि गर्ने तयारी गरेपनि रोकथामका अन्य कार्यक्रम सञ्चालन गर्न नसक्दा समस्या भएको गुनासो बढ्दै गएको छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने अब संक्रमित व्यक्तिहरुलाई होल्ड गर्न सबै जिल्लामा आईसोलेसन वार्ड बनाउन तयारी भईरहेको दावी गरे। उनले पहाडमा एक सय र तराईमा एक सय ५० शैयाको आईसोलेसन वार्ड निर्माणको काम थालिने जनाए।

हुन त विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण भएको १४ दिनपछि संक्रमित व्यक्तिले अरुलाई सार्न नसक्ने जनाएको छ। तर सुदूरपश्चिममा भने नमूना संकलन भएको १४ दिन सम्म रिर्पोट नै नआउने समस्या छ। दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार