• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्‍चिममा संक्रमित एक हजार नाघे कुन जिल्ला कति हेर्नुहोस

सुदूरपश्‍चिममा संक्रमित एक हजार नाघे कुन जिल्ला कति हेर्नुहोस

  • सोमवार, असार ८, २०७७
सुदूरपश्‍चिममा संक्रमित एक हजार नाघे कुन जिल्ला कति हेर्नुहोस

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । आइतबार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंको परीक्षण रिपोर्टमा ३३ र सेती प्रयोगशालामा ४३ गरी ७६ जनामा कोरोना पुष्टि भएको छ । यो संख्यासँगै प्रदेशमा कोरोना संक्रमित १ हजार ७ जना पुगेका छन् ।
काठमाडौंमा भएको परीक्षणमा डोटीमा १६, कैलालीमा ३ र डडेलधुरामा १४ जनालाई कोरोना देखिएको हो । सेती प्रयोगशालामा चाप बढेपछि एक साताअघि २ हजार ६६ स्वाब परीक्षणका लागि काठमाडौं पठाएको थियो ।
सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीमा धनगढी १८, गोदावरी ८ टीकापुर १, मोहन्याल २ गरी २९ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरको पुनर्वास १, बेलौरी १, बाजुरा २, बैतडीका २, डोटीमा ५ र डडेलधुरामा २ जनामा थप कोरोना पोजिटिभ देखिएको छ ।
सुदूरपश्चिममा लकडाउनको पहिलो चरणमा ६ जनामा कोरोना पुष्टि भएको थियो । पहिलो कोरोना संक्रमित चैत्र १४ गते यूएईबाट आएका युवकमा देखिएको थियो । त्यसपछि उनकै भाउजु नाता पर्नेमा दोस्रो केस फेला परेको थियो । उनीहरुसहित थप ३ जना वैशाख पहिलो सातामै कोरोना जितेर घर गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार