बाजुरा — बाजुरा जिल्लामा धेरै स्थानीय तहहरूले मदिरा निषेधित क्षेत्र घाेषणा गरेसंगै अबैध रूपमा मदिरा भित्र्याउन गिराेह सकृय भएका छन् । केही दिन अगाडि सम्म माेटरसाईकलमा थाेरै थाेरै गरेर अाेसार पसारमा संलग्न बाईकहरू कार्बाहीमा परेपछी अाजभाेली ट्याक्टरमा पैठारी हुने गरेकाे छ ।
हिजाे राती मात्रै सदरमुकाम मार्तडीबाट बुढिगंगा नगरपालिकाकाे फालाशैन बजारमा जाँदै गरेकाे मदिरा सहितकाे ट्याक्टर पणरहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् । मार्तडीबाट से २ त १५०३ नम्मरकाे ट्याक्टर सहित चालक र मदिरा बाेकेर बुढीगंगा नगरपालिकाकाे फालाशैन जाँदै गर्दा बडिमालिका नगरपालिकाकाे तिपाडा बजारमा प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएकाे प्रहरी प्रमुख भट्टराईले बताए ।
जिल्ला खेलुकुद बिकास समितिकाे निर्माण साम्रगी ल्याएर अाएकाे ट्याक्टरमा अबैध रूपमा मदिरा जादैछ भन्ने गाेप्य सुचनाका अाधारमा तिपाडा बाजरबाट साे ट्याक्टर, मदिरा र चालकसहित प्रहरीले नियन्त्रणमा लिएकाे भट्टराईले बताए । प्रहरी प्रमुख भट्टराईका अनुसार साे ट्याक्टरमा रहेकाे पक्की रक्सी भएकाेले साे रक्सी प्रकृया पूरा गरि काेष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाउने बताएका छन् । समातिएको साे रक्सी फालाशैन बजारका व्यापारी पुष्प उपाध्यायकाे रहेकाे प्रहरीले जनाएकाे छ । हिजाे राती तिपाडाबाट साे ट्याक्टर समातिएकाे प्रहरीले जनाएकाे छ ।