• होमपेज
  • देश/प्रदेश
  • पहिरोले घरगोठ बगायो, परिवारको विचल्ली, लाखौंको क्षति

पहिरोले घरगोठ बगायो, परिवारको विचल्ली, लाखौंको क्षति

  • शनिबार, असार ६, २०७७
पहिरोले घरगोठ बगायो, परिवारको विचल्ली, लाखौंको क्षति

 गएरातीदेखी परेको अविरल वर्षका कारण अर्घाखाँचीका धेरै ठाउँमा क्षेती पुगेको छ । सन्धिखर्क गोरुसिंगे सडक सहितका प्रमुख सडकहरु अवरुद्ध बनेका छन् भने गाउँ गाउँमा पहिरोका कारण निकै क्षेती भैरहेको छ ।

यही क्रममा आज विहानै सन्धिखर्क नगरपालिका वडा नं. ६ उपल्ला जगत बस्ने थान बहादुर महत्राको तिन तल्ले घरगोठ (पशु चौपाया बाँध्ने अनि परिवारहरु बस्ने कोठाहरु भएको घर)पहिरोले बगाएको छ । घरगोठ बगाउदा लाखौंको धनमाल बगेर नष्ट भएको छ भने गोठमा रहेका पशु चौपाया समेत पहिरोमा बगेका छन् ।

पहिरोका कारण के कती नष्ट भयो भन्ने जानकारी आइसकेको छैन । स्थानीय विशाल खड्काका अनुसार ल्यापटप, टिभी, मोवाईलहरु, गरगहना सहित बहुमुल्य सामानहरु वगेका छन् ।

पहिरो जाने संकेत पाउनासाथ घरबाट निस्किएका परिवारका सवै सदस्यहरु अर्को घर (किचनको रुपमा प्रायोगमा आइरहेको) मा बसेका भएपनि फेर्ने कपडा समेत नरहेको बताइएको छ । “खै एकदुई वोरा चामल सहित नुन तेल बेसार त होला तर अरु सवै बग्यो ।” खड्काले भने

चर्चामा

सम्बन्धित समाचार