• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • प्रतिनिधि सभा सदस्य थापाको पहलमा स्वास्थ्य सुरक्षा सामग्री बाजुरा पठायो ।

प्रतिनिधि सभा सदस्य थापाको पहलमा स्वास्थ्य सुरक्षा सामग्री बाजुरा पठायो ।

  • शुक्रबार, असार ५, २०७७
प्रतिनिधि सभा सदस्य थापाको पहलमा स्वास्थ्य सुरक्षा  सामग्री बाजुरा पठायो ।

पदमबहादुर सिंह/ बाजुरा ५ असार : प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले गृह जिल्लाका लागि स्वास्थ्य सुरक्षा सामाग्री पठाएका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघिय सरकार ,प्रदेश ,स्थानिय तह सबै निकाय आ आफ्नो तहबाट क्रियाशिल भईरहेको समयमा नेपालमा पनि कोरोनाको उच्च संक्रमण फैलिएसङ्गै बाजुरा जिल्ला पनि उच्च जोखिममा रहेकोले कोरोना नियन्त्रण तथा रोकथामका लागि बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य माननिय लालबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य बिभाग टेकु सङ्ग समन्वय गरि स्वास्थ्य सुरक्षा सामाग्री पठाएका छन् ।

Image may contain: 2 people, people standing, shoes and hat
स्वाथ्य तथा सुरक्षा सामग्रीहरुमा गाउन ५० थान, सर्जिकल क्याप ५० थान, सुकभर ५० जोर, एन ९५ मास्स ५० थान, सेप्टी चस्मा २० थान, सर्जिकल माक्स ३५०० वटा, पन्जा ५० जोर पठाएको थापाका स्वकीय सचिब सुरेश रोकायाले बताएका छन् ।

Image may contain: 3 people, people standing and indoor
सुदुरपश्चिम प्रदेश मात्र नभै देशै भरी ख्त्ः को अभावका कारण क्वारेन्टाइनमा बसेका सबै जनाको स्वाव संकलन हुन नसकेको अवस्थामा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सबै माननीयको सयुक्त पहलमा स्वास्थ्य परिक्षण , कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री ऋऋःऋ मार्फत आज धनगढी पठाइ सकेको रोकायाले बताए । बिगतमा नेपाल सरकारले कोरोना सम्बन्धी सामाग्री प्रदेशमा पठाए पनि प्रदेश स्वास्थ्य निर्देशालयबाट पहुचका आधारमा बितरण हुने गरेकाले बाजुरा जिल्लामा सख्यात्मक रुपमा निकै कम पुग्ने कुराको मध्ये नजर गरि माननीय थापाले स्वास्थ्य महानिर्देशकको ध्यानाकर्षण गराउदै ऋऋःऋ बाट बितरण हुने स्वास्थ्य सामाग्री बाजुरा जिल्लालाई पहिलो प्राथमिकता दिन अनुरोध भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार