आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • बाजुराको क्वारेनटाइनमा आत्माहत्या गरेका पुरुषमा कोरोना पुष्टि

बाजुराको क्वारेनटाइनमा आत्माहत्या गरेका पुरुषमा कोरोना पुष्टि

  • बिहिबार, असार ४, २०७७
बाजुराको क्वारेनटाइनमा आत्माहत्या गरेका पुरुषमा कोरोना पुष्टि
४५ बर्षिय पुरुषले आत्माहत्या गरेकाे क्वारेनटाइन : तस्बिर प्रकाश सिह

बाजुराको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यबादी माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बुधवार आएको रिपोटमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
बडिमालिका नगरपालिका २ माझिगाउँका बर्ष ४५ का पुरुषले जेठ ३० गते शुक्रवार साँझ क्वारेनटाइनमा आत्माहत्या गरेका थिए । उनी २८ गते मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन् । उनले के कती कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन सकेको छैन् ।
उनले घाटीमा डोरी लगाएर आत्महत्या गरेको बुझीएको छ । साँझ ८ः३० बजेतिर डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा उनी संगै बसेका मान्छेले फेला पारेको थिए । उनि बिगत २४ बर्ष देखि भारत बस्दै आएका थिए । उनि सँगै ४ छोरा छोरी र १ जना श्रीमति नेपाल आएका थिए । उनका परिवार अहिले क्वारेनटाइनमा बसिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार