सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश ४
  • गण्डकीमा आज मात्रै ४७ जना कोरोना सङ्क्रमित थपिए

गण्डकीमा आज मात्रै ४७ जना कोरोना सङ्क्रमित थपिए

  • बिहिबार, असार ४, २०७७
गण्डकीमा आज मात्रै ४७ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आजमात्रै ४७ जना कोरोना सङ्क्रमित थपिएका छन्। थपिएका ४७ मध्ये ४५ जना पुरुष र दुई महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान पौने ६ बजे ४२ जना नयाँ सङ्क्रमितको अद्यावधिक गरेकोमा ८ बजे अरु ५ जना पनि थपिएको अद्यावधिक गराएसँगै गण्डकी प्रदेशमा आजमात्रै ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

 

मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन्। मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो सँगै मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो।

आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना, तनहुँमा १२ जना र पर्वतका एक महिला सहित ५ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले बताए।

गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ।

चर्चामा

सम्बन्धित समाचार