शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिका वडा न ६ का एक वडा सदस्य सहित १२ जना पक्राउ

बुढिगंगा नगरपालिका वडा न ६ का एक वडा सदस्य सहित १२ जना पक्राउ

  • बिहिबार, असार ४, २०७७
बुढिगंगा नगरपालिका वडा न ६ का एक वडा सदस्य सहित १२ जना पक्राउ

बाजुरा — बाजुरा जिल्लाकाे बुढिगंगा नगरपालिका वडा न ६ का वडा एक जना वडा सदस्य सहित १२  पक्राउ परेका छन् । मदिरा सेवन गरी हाेहल्ला गरीरहेकाे अबस्थामा प्रहरीकाे टाेलीले बुढिगंगा नगरपालिकाका बिभिन्न ठाउँबाट प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराइले बताएका छन् ।

वडा सदस्य सहित अन्य केही  सरकारी क्रमचारी लगायत १२ जनालाइ पक्राउ गरेर जिल्लामा ल्याएकाे प्रहरी प्रमुख भट्टराइले बडिमालिका खवरलाइ बताएका छन् । प्रहरीकाे टाेली गस्तीमा गएकाे बेला एकै दिन १२ जना मदिरा सेवन गरी हाेहल्ला गरीरहेकाे अबस्थामा प्रकाउ गरेकाे प्रहरी नायव उपरिक्षक भट्टराइले बताए  ।

बुढिगंगा नगरपालिकाले मदिरा निषेधीत क्षेत्र घाेषणा गरेकाे भए पनी साे नगरपालिकाका कहिले क्रमचारी मदिरा अाेसार पसारमा समातीने र कहिले जनप्रतिनिधी मदिरा खाएर लठ्ठ भएर बसेकाे अबस्थामा प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । केही दिन अगाडी साेही नगरपालिका वडा न २ का वडा सचिव पनी मदिरा अाेसार पसार गरिरहेकाे अबस्थामा प्रहरीले पक्राउ गरेकाे थियाे । ति सबै जनालाइ जिल्ला प्रशासन कार्यालयमा जरिवाना गराएर छाेड्ने प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार