शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बलात्कारीलाइ कडाभन्दा कडा कारबाही हाेस काँग्रेस नेत्री तिमिल्सेना

बलात्कारीलाइ कडाभन्दा कडा कारबाही हाेस काँग्रेस नेत्री तिमिल्सेना

  • बुधबार, असार ३, २०७७
बलात्कारीलाइ कडाभन्दा कडा कारबाही हाेस काँग्रेस नेत्री तिमिल्सेना

नेपालमा दिन प्रतिदिन बलात्कार जस्तो जघन्य अपराध का समाचार हरु आइरहन्छन् । अबोध बालिका माथी बलात्कार , बृद्धा माथी बलात्कार सुत्केरी महिला माथी बलात्कार , आफुले पढाउने छात्रा माथी बलात्कार आफनै छोरी माथी बाबू ले गरेका बलात्कार हुदा हुदा कोरोना भाइरस कोभिड 19 को यस्तो विषम परिस्थितिमा क्वारेन्टाइन मै बसेकी महिला माथी बलात्कार को समचार बाहिरिएको छ ।

गत जेष्ठ ३१ गते सनिवार मध्य रातमा कैलालीको लम्की चुहा नगरपालिका वाड न १ स्थित शहिद स्मृति मा बि को क्वारेन्टाइन मा बसेकी एक ३१ बर्ष कि महिलाको सामुहिक बलात्कार भएको छ । यो कति सम्म को निच, घोर अनैतिक र निन्दनीय कार्य हो । जुन पासबिक र अकल्पनीय घटनाले पुरै देश का नारी हरु स्तब्ध भयका छन , क्वारेन्टाइन मा सुरक्षा र उपचार का लागि खटिएका स्वास्थ्यकर्मी बाटै उक्त महिला बलत्कृत हुनु कति सम्म को वियोगान्त र पिडादाइ समस्या हो जस्को कल्पना पनि गर्न सकिन्न । आखिर कहिले सम्म ? नेपाली चेली हरु डर , त्रास र असुरक्षित कहिले सम्म ? किन बलत्कारी रक्तपिपासु राक्षस हरु को निम्ति कानुन बन्दैन हाम्रो देशमा ? हजारौं दिदिबहिनी अकालमै मिर्त्यु को सिकार कैले सम्म सरकार ?

निर्मला पन्त , माया बिक त उदाहरण मात्रै हुन यहाँ प्रत्येक दिन ४ जना नारी हरु बल्तकृत हुन्छन खै त लोकतान्त्रिक सरकारले किन कानमा तेल हालेर बसेको छ। कैले सम्म नेपाली चेली हरु को बीभत्स हत्या भयको हेर्दै बस्दै गर्छस ए नालायक सरकार ? नेपाली नारी को सुरक्षा र यौन पिपासु को फन्दा बाट जोगाउन बलात्कारि लाई फाँसी दिने कानुन बनाउनु पर्छ । सार्बजनिक स्थलमा लियर नुन चुक छर्केर ब्लेड्ले चिर्ने कानुन न बन्दा सम्म कहिले पनि सुरक्षीत हुने छैनन र यसरी नै आमा , दिदिबहिनी , भाउजू र छोरी हरु को दर्दानाक घटना हरु सुन्ने र नारी हुनुमा आफैलाइ घृणा गर्ने र डर चिन्तामा बाचिरहनु पर्ने छ ।

हाम्रो नेपालमा बिडन्बना को कुरो त राजनीतिक संरक्षण , सत्ता र शक्ति को चरम दुरुपयोग बलात्कार का घटनाको मुखय कारण बनेको छ । नेता उच्च ओहोदाका कर्मचारी र आफन्त नै यहाँ अपराधी को पक्षमा उभिन्छन भने प्रहरी प्रशासन पनि अपारदर्शी कार्य सम्पादन दिइरहेको छ । अपराध न्यूनीकरण गर्न को लागि चुस्त दुरुस्त कार्य सम्पादन , कुशल नेतृत्व , न्यायीक जबाफदेहिता अनि दृढ इक्षा शक्ति भय पुग्छ । खै त ? कहिले हुने ? महिला राष्ट्रपति भएको हाम्रो देशमा महिला माथी हुने विभिन्न हिंसा हरु नै किन बढी रहेका छन ? किन अपराधी लाई झन प्रोत्साहन दिइदै छ ? यो सारा नेपाली नारीहरु को आवाज हो हाम्री महामहिम राष्ट्रपति जि लाई ।

अर्को कुरा करिब ५०हजार भन्दा बढी महिला दिदिबहिनी हरु क्वारेन्टाइन मा बसिरहेका छन अस्ति को लम्की चुहा नगरपालिका मा घटेको बीभत्स घटनाले उहाँ हरु को मन मा कती डर भय र त्रास को सिर्जना उत्पन्न भयको होला क्वारेन्टाइन हरु मापदण्ड बिपरित छन धेरै असुरक्षित छन त्यस्कारण महिला मैत्रीपुर्ण क्वारेन्टाइन को ब्याबस्था गरिनु पर्छ छिटोभन्दा छिटो यो निर्णय कार्यनयन भयन भने फेरि धेरै नारी हरु असुरक्षित हुने छन ।

अन्तमा , नेपालमा बलात्कार तथा योन जन्य हिंसा बाट नेपाली नारी लाई सुरक्षित महसुस गराउन दोषी लाई कडाभन्दा कडा कारबाही को अन्तिम सजाय म फेरि पनि दोहोर्‍याएर भन्छु फाँसीनै हुनुपर्छ । फाँसी दिने कानुन बनेपछि बल्ल निर्मला पन्त लागायत हजारौं पिडित दिदिबहिनी हरु ले न्याय पाउने छन र उहाँ हरुको आत्म शान्ति हुने छ । हैन भने फेरि पनि धेरै निर्मला पन्त हरुलाई गुमाउनु पर्ने छ । हजारौं दिदिबहिनी घरबार बिहिन , तथा सामाजिक लान्छना सहेर बस्नु पर्ने छ ।

अन्ततः अस्ति भयको कैलाली को लम्की को घटना मा बलात्कारिलाइ हदैसम्म को कारबाही को माग का साथै देशका सबै स्थानमा महिला लाई छुट्टै क्वारेन्टाइन को ब्यबस्था गरि सुरक्षित गर्न यसै आलेख संगै जोडडार माग गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार