• होमपेज
  • कर्णाली प्रदेश
  • जिप दुर्घटना : पाँच जना घाइते, दुईको अवस्था गम्भीर

जिप दुर्घटना : पाँच जना घाइते, दुईको अवस्था गम्भीर

  • बुधबार, असार ३, २०७७
जिप दुर्घटना : पाँच जना घाइते, दुईको अवस्था गम्भीर

गए राति जाजरकोटमा बोलेर जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जाजरकोटको छेडागाड नगरपालिका कालाबजारबाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको लु २ च ४८४५ नं जिप छेडागाड नगरपालिका ६ लोड्नीमा गएराति दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेमा जुनिचाँदे गाउँपालिका ४ लुहादहका फुरे खड्का र चन्दा खड्का गम्भीर घाइते भएका छन् भने सोही ठाउँका कृष्णबहादुर खड्का, रामबहादुर खड्का र कर्ण बुढा सामान्य घाइते भएका छन् । राहतको खाद्यान्न बोकेर गएको बोलेरो जिप सडकबाट करिब १२० मिटर तल खसेको थियो ।

मंगलबार साँझ ५ बजेको घटना भए पनि करिब १० बजेतिर नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकलमा उपचारका लागि ल्याएको जाजरकोटका पत्रकार रेशमबहादुर खड्काले बताए । उनका जिल्लामा कोरोनाको प्रकोप फैलिएको हुँदा घाइतेहरूलाई सिधै नेपालगञ्ज ल्याइएको हो । अहिले सबैको उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार