• होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ८६

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ८६

  • मङ्लबार, असार २, २०७७
कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ८६

काठमाडौं —  कर्णाली प्रदेशमा थप ९ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका लक्ष्मीनारायण तिवारीले थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख दुल्लु नगपालिका ३, ५, ७ र ११ का ५ जना पुरुषहरु र सुर्खेतको भेरीगंगा नगपालिका ११, गुर्भाकोट नगपालिका ११ र १२ का एक महिला र ३ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिनेमा १८ वर्षदेखि ६७ वर्ष उमेरका व्यक्तिहरु रहेका उनले जानकारी दिए । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमण १०८६ जनामा देखिएको छ । जसमा ३४२ जना कोरोना निको भइ डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार