शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • डाक्टरले गरिरहे दिमागको शल्यक्रिया, वृद्धाले पकाइरहिन् पकौडा

डाक्टरले गरिरहे दिमागको शल्यक्रिया, वृद्धाले पकाइरहिन् पकौडा

  • मङ्लबार, असार २, २०७७
डाक्टरले गरिरहे दिमागको शल्यक्रिया, वृद्धाले पकाइरहिन् पकौडा

शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ ।

इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताए । तर शर्त एउटा थियो कि शल्यक्रिया गर्दा महिला सुत्नु हुँदैन ।

डेली मेलका अनुसार मध्य इटलीमा अवस्थित अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा. रोबर्टो ट्रिगनानीले उक्त शल्यक्रिया गरेका हुन् । डाक्टरले शल्यक्रिया गर्दा जागा हुने बताएपछि महिलाले आफ्नै तरिकाले जागा हुने इच्छा व्यक्त गरिन् ।

यस्ता शल्यक्रियामा बिरामी प्यारालाइसिस हुने वा अट्याक आउने भएकाले बिरामीलाई सकेसम्म जागा नै राख्ने गरिन्छ । अपरेशन थिएटरमा बिरामीको बेडमा एउटा ठूलो टेबलमा राखियो । पकौडा बनाउने सबै सामग्री पनि राखियो । यता शल्यक्रिया चलिरहेको थियो र उता महिलाले पकौडा बनाइरहिन् ।

यसअघि नेपालमा पनि ५६ वर्षीया खड्गबहादुर बुढाको मस्तिष्कको शल्यक्रिया गरिराख्दा उनले मादल बजाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार