धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब बढी बजेट विनियोजन गरेको छ। सोमबार बजेट वक्तव्यमार्फत आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिएका हुन।