शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ६
  • क्वारेन्टिनमा एक जनाको मृत्यु

क्वारेन्टिनमा एक जनाको मृत्यु

  • सोमवार, असार १, २०७७
क्वारेन्टिनमा एक जनाको मृत्यु

सुर्खेतको गुर्भाकोट नगगरपालिकामा रहेको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान गुर्भाकोट नगरपालिका-७ स्थित सिलवानीमा रहेको क्वारेन्टिनमा वडा नम्बर ८ का एक पुरुषको मृत्यु भएको हो।

उनी १३ दिनअघि भारतको गढवालबाट आएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए। उनका अनुसार ती व्यक्ति लामो समयदेखि क्षयरोगका बिरामी थिए।

बिहान आफैंले खाना पकाएर खाएका उनी एक्कासी छाती दुख्यो भनेर पल्टिएको मेयर पुनले बताए।

‘बिहान आफैं खाना पकाएर खाएका रहेछन्, खाना खाइसकेपछि एक्कासी छाती दुख्यो भनेर पल्टिएछन्,’ मेयर पुनले भने, ‘त्यसैबेला मृत्यु भएछ।’

उनका अनुसार मृतकको पिसीआर परीक्षणका लागि स्वाब निकाली प्रयोगशालामा पठाइसकिएको छ।

यता सोमबार कर्णालीमा ११० जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका ९१ जना, सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमध्ये ३ जनामा र सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमध्ये १०७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार कोरोना पुष्टि भएकामध्ये १ जना २ वर्षीय बालक छन्। उनी दैलेखको नौमुले गाउँपालिका–१ का हुन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १०७७ पुगेको छ। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने १५१ जना निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार