शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • मेस्सीले बनाए ला–लिगामा नयाँ कीर्तिमान

मेस्सीले बनाए ला–लिगामा नयाँ कीर्तिमान

  • सोमवार, असार १, २०७७
मेस्सीले बनाए ला–लिगामा नयाँ कीर्तिमान

कोरोना भाइरस महामारीपछि लामो समय रोकिएको स्पेनिस ला–लिगा फुटलब फेरि सुचारु हुँदा बार्सिलोनाले रियल मलोर्कालाई ४–० ले हरायो । बार्सिलोनाका कप्तान लियोनल मेस्सील यस खेलमार्फत नयाँ कीर्तिमान रचेका छन् ।

अर्टुरो भिडाल, मार्टिन ब्रेथवेइटी र जोर्डी अल्बाले गोल गरेसँगै ३–० ले अघि बढेको बार्साबाट मेसीले चौथो गोल गरे । यससँगै जारी लिगमा उनको गोलसंख्या २० पुग्यो ।

स्पेनिस ला–लिगामा लगातार १२ औँ सिजनसम्म २० वा त्यसभन्दा बढी गोल गर्ने उनी एक्लो खेलाडी हुन् । मेस्सीले मर्लोकाविरुद्ध मार्टिन ब्रेथवेइटीको गोलका लागि एसिस्ट पनि गरेका थिए । जारी सिजनमा यो उनको १४ औं एसिस्ट हो । यस सिजन उनी सर्वाधिक गोलकर्ता तथ सर्वाधिक एसिस्ट गर्ने खेलाडीकाो सूचीमा सबैभन्दा अगाडि छन् ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा २८ खेलबाट ६१ अंक जोेडेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार