सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • प्रेस संगठन बाजुराद्धारा पत्रकारलाई जकेट र सेनिटाइजर बितरण

प्रेस संगठन बाजुराद्धारा पत्रकारलाई जकेट र सेनिटाइजर बितरण

  • आइतवार, जेष्ठ ३२, २०७७
प्रेस संगठन बाजुराद्धारा पत्रकारलाई जकेट र सेनिटाइजर बितरण

बाजुरा–  नेपाल प्रेस संगठन बाजुराले जिल्लामा क्रियासिल पत्रकार हरुलाई जकेट, सेनीटाइजर र मास्क बितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि केही सहयोग पुगोस भन्ने उदेस्यका साथ सो सामान बितरण गरेको हो ।  प्रेस संगठन नेपाल बाजुरा शाखाले जिल्लामा नेकपाले जितेका ३ ओटा स्थानीय तहको सहयोगमा संगठनले जिल्लामा क्रियाशिल ५५ जना पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा साम्रगी लगायत जकेट बितरण गरेको संगठनका सदस्य पदम सिहंले बताए ।


कोरना भाइरसको संक्रमणका बेला फोटो पत्रकार,टेलिभिजनकर्मी लगायतका संचारकर्मी झनै जोखिममा रहेकाले स्वास्थ्य सामग्रीले थप राहत पुगेको पत्रकार हरुले बताएका छन् । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यमका कार्यरत संचारकर्मीको सहभागीता गराएर सो साम्रगी बितरण गरीएको प्रेस संगठनका जिल्ला संयोजक बसन्त बिकले बताएका छन् ।


प्रेस संगठन बाजुराका अध्यक्ष बसन्त विश्वकर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा नेता तथा प्रचार बिभिग प्रमुख अमर खडका रहेका थिए । त्यसै गरी कार्यक्रमका अतिथिमा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा तत्कालिन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्याय प्रेस संगठनका केन्द्रीय सदस्य कृष्ण ओली पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिह लगायत संगठनका प्रदेश र जिल्ला तहका सदस्यहरु लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमको संचालन संगठनका सदस्य पदम सिंहले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार