• होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा नेपाली सेनाद्धारा १६ बेडको आइसोलेशन निर्माण

बाजुरा सदरमुकाममा नेपाली सेनाद्धारा १६ बेडको आइसोलेशन निर्माण

  • आइतवार, जेष्ठ ३२, २०७७
बाजुरा सदरमुकाममा नेपाली सेनाद्धारा १६ बेडको आइसोलेशन निर्माण

बाजुरा — बाजुरा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका माद्यामीक बिद्यालयमा १६ बेडको आइसोलशन तयार भएको छ ।

बडिमालिका नगरपालिकको आर्थिक सहयोग तथा नेपाली सेना समरजित गुल्म थापाथली ब्यारेकको प्राबिधीक सहयोगमा सो आइसोलेशन तयार भएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले जानकारी दिएका छन् ।

 महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै चर्पी र बाथरुम समेत बनाएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताए । मालिका माद्यामीक बिद्यालयमा साे अाइसाेलश तयारी गरीसेकाे र अब केही सहज हुने अर्यालले बताएका छन् ।


कोरोना भाइरसको बढ्दो संक्रमण लाई रोकथाम तथा नियन्त्रणका लागी कोरोना संक्रमीतलाई राख्नका लागि सो आइसोलेशन निर्माण गरेको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्टले बताए । आइसोलेशन निर्माण ससस्त्र प्रहरीको समेत प्राबिधक सहयोग रहेको गुल्मपती श्रेष्टले बताए ।


जिल्लामा बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाले यस अघि जिल्ला समन्वय समितिको कार्यालयमा पनी २ बेडको आइसोलेशन संगै चर्पी समेत निर्माण गरेको गुल्मपती श्रेष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार