बाजुराका कोरोना पोजेटिभलाइ १४ दिनका लागि खाद्यन्न सहयोग गरिएको छ । बुढिगंगा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा रहेका १७ जनालाई १४ दिनको खानाको ब्यबस्थापन नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान, एन्ड्रिया ड्रेवरकाे सहयोग र बडिमालिका खबरको समन्वयमा सहयोग गरेको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
१७ जना धुरालसैन माबिको क्वारेनटाइनमा आइसोलेसनको ब्यबस्थापन गरेर राखिएको छ । उनिहरुलाइ चामल, दाल, तरकारी, अण्डा, तरकारी, पोजेटिभ सानो बच्चा ल्याक्टोजिन र आमाको लागि हरलेक्स समेत सहयोग गरेको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । यो संकटको बेला स्थानिय सरकारलाइ खाद्यन्न सहयोगमा समस्या हुन सक्ने भएकाले कोरोना पोजेटिभलाइ खाद्यन्न सहयोग गरेको हो, फेरी पनि आबश्यक परे सहयोग गर्ने बस्नेतले वताएका छन् ।
कोरोना पोजेटिभलाइ गरेको सहयोगले नगरपालिकालाई पनि ठुलो राहत भएको नगरप्रमुख शाहले वताएका छन्, सहयोगि निकायलाई धन्यवाद समेत दिएका छन् । सहयोग बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले नगरप्रमुख लाई हस्तान्तरण गरेका थिए । नगरप्रमुखले खाद्यन्न ब्यापारिलाई पैशा हस्तान्तरण गरेर खाद्यन्न खरिद गरिएको क्वारेनटाइन ब्यबस्थापक भरत उपाध्याले वताएका छन् ।
उक्क्त क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो । जसमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बुढिगंगा १ कि कोरोना बाट मृत्यु भएकी वालिका आएको दिनमा बाजुरामा नौ वटै स्थानिय तहका ३ सय ७१ जना आएको बुझिएको छ । १३ गते गौरिफन्टा नाका बाट आएका ति वालिका र उनका आमाबुवा १४ गते बाजुरा पुगेका थिए ।
बडिमालिका खबरको समन्वयमा र समाजसेवी सम्राट सिं बस्नेतको सहयोगमा बाजुराका खाद्य संकट भएका परिवारलाई राहत सहयोग भइरहेको छ । १२ परिवारलाई प्रति परिवार ५ हजारका दरले खाद्यन्न सहयोग गरिसकेका छन् । सम्राट सिं बस्नेतको पहलमा बाजुराका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ । केहीलाई सञ्चो भएर घर फर्किसकेका छन्, भने बाजुराका मात्र ५ जनाको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान मार्फत उपचार भइरहेको छ । बस्नेते बाजुराका लागि भगवान सरह भएको गणेश लुवारले वताएका छन् ।