• होमपेज
  • राजनीति
  • नेकपा बाजुराद्धारा दिप प्रज्वलन

नेकपा बाजुराद्धारा दिप प्रज्वलन

  • शनिबार, जेष्ठ ३१, २०७७
नेकपा बाजुराद्धारा दिप प्रज्वलन

नेपाल कम्नीयुष्ट पाटी बाजुराले लिम्पियाधुरा सहितकाे नक्सा सहितकाे  बिधायक सांसदमा पास गरेकाे खुसीयालीमा दिप प्रज्वलन गरेकाे छ ।

नेकपा बाजुराले बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीकाे लाेकतान्त्रीक चाेकमा नेपालकाे नक्सा पास बनाएर दिप प्रज्वलन गरेकाे नेकपा बाजुरा प्रचार बिभाग प्रमुख अमर खड्काले बताए ।

प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित गरेकाे अवसरमा नेकपा बाजुरा जिल्ला कमिटि सचिव भरत बुढा कार्यालय सदस्य गगन रावल र जनक बाेहराकाे उपस्थितीमा सदरमुकाम मार्तडीकाे लाेकतान्त्रीक चाेकमा दिप प्रज्वलन गरेकाे प्रचार बिभाग प्रमख खड्काले बताएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएकाे मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार