कालिकोट– नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा (प्रकाश) अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका छन् । नरहरीनाथ गाँउपालिका -७ की एक स्थानिय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन्।
अत्यधिक मदिरा सेवन गरी पटक पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् । माल्कोटकी ती महिलासँग वडा अध्यक्ष बिकले पहिलेदेखि नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङगो बनाएका हुन्।
वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफूले बिहे गर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरिएको थियो।
स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाल गर्ने र स्थानीय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताए । उनले भने, ‘वडा अध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहँदै आएका छन् ।’ गाँउमा विभिन्न अपराध गर्ने र पछि धाक धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पार्टी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । यता वडा अध्यक्ष बिकले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको विषयमा विवाद भएपछि मदिरा सेवन गरेको बेला सामान्य विवाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ ।’ अन्नपुर्णपाेष्टबाट