शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • युवाहरुको सक्रियतामा बाटो र्निमाण

युवाहरुको सक्रियतामा बाटो र्निमाण

  • शनिबार, जेष्ठ ३१, २०७७
युवाहरुको सक्रियतामा बाटो र्निमाण
फाइल तस्वीर

चक्रबहादुर अयडी–  बुढिगंगा नगरपालिका वडा नम्वर ५ सराप्ला का युवाहरुको सक्रियतामा ५ सय मिटर बाटो निमार्ण गरेका छन । बुढीगंगा नगरपालिका वडा नम्वर ५ सराप्लादेखि नगरपालिकाको कार्यलय सम्म युवाहरुको सक्रियतामा मोटर साईकल ओहोर दोहोर गर्ने ५ सय मिटर बाटो निशुल्क निर्माण गरेको स्थानिय युवा लक्ष्मिराज रेग्मीले बताए ।

रेग्मीका अनुसार सराप्ला देखि नगरपालिका सम्म जाने बाटो पहिले देखिनै हिडडुल गर्न अप्ठ्यारोे हुदै आईरहेकोले यो लकडाउनको समयमा युवाहरुको सक्रियतामा बाटो निर्माण गरिएको बताउनु भयो । सो बाटोलाई बुढिगंगा नगरपालिका कार्यपालिका महिला सदस्य बृकला देवी शर्माले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन गर्दै गर्दा कार्यपालिका सदस्य शर्माले यस्तो लकडाउनको समयमा पनि विकास निर्माणको कार्यगरेको भन्दै सराप्ला बासिलाई धन्यबाद दिनुुभएको छ । आउदो आर्थिक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रममा युवा लक्षित योजनाहरु पनि ल्याउने प्रतिबद्धता जाएर गरेकि छन ।

चर्चामा

सम्बन्धित समाचार