बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा संकलित १८३० जनाको नमुना परीक्षण बाँकी, ९ दिन लाग्ने

सुदूरपश्चिममा संकलित १८३० जनाको नमुना परीक्षण बाँकी, ९ दिन लाग्ने

  • शनिबार, जेष्ठ ३१, २०७७
सुदूरपश्चिममा संकलित १८३० जनाको नमुना परीक्षण बाँकी, ९ दिन लाग्ने

 कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा संकलन गरीएको एक हजार ८ सय बढिको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशभरी संकलन गरीएका एक हजार ८ सय ३० जनाको नमुना परीक्षण बाँकी रहेको हो।

संकलन गरीएको स्वाब परीक्षण गर्न झण्डै नौँ दिन लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। दैनिक दुई सयदेखि दुई सय २० जनाको स्वाब परीक्षण भईरहेको बताउँदै जनस्वास्थ्य प्रयोगशालाले संकलन गरीएका स्वाब परीक्षणमा झण्डै नौँ दिन लाग्ने जनाएको हो।

यस्तै स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सुदूरपश्चिमका ८ हजार चार सय दुई जनाको कोरोना परीक्षण भएको छ। छ हजार ३४ जनाको धनगढी पूयोगशाला मार्फत र बाँकी दुई हजार तीन सय १६ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जस्मा एक सय ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबै रिपोर्ट नेगेटिभ आएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा ५६ हजार पाँच सय ९९ जनाको आरडिटी परीक्षण गरीएको छ।

चर्चामा

सम्बन्धित समाचार