बाजुरा — सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निणर्य बमोेजीम बाजुरामा पनी खुकुलो बनाउने निणर् भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
मन्त्री परिषदको निणर्य अनुसार बाजुरामा पनी सो निणर्यको कार्यन्वयन गर्न गराउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीद्भारा हस्ताक्षेरीत सुचनामा साे कुराहरू उल्लेख गरीएकाे छ । जेठ ३० गते जिल्लामा बसेकाे बैठकले बिभिन्न निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।