शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • कोल्टि खाद्य डिपोमा चामल सकियो, खाद्य संकट शुरु

कोल्टि खाद्य डिपोमा चामल सकियो, खाद्य संकट शुरु

चामल सकिएको डिपो द्धारा सार्वजनिक सुचना

  • शुक्रबार, जेष्ठ ३०, २०७७
कोल्टि खाद्य डिपोमा चामल सकियो, खाद्य संकट शुरु

लक्ष्मिराज पाध्याय/बाजुराको कोल्टि खाद्य संस्थान डिपाेमा चामल सकिएको भन्दै संस्थानले सार्वजनिक सुचना प्रकाशित गरेको छ । संस्थाले चामल सकिएको भन्दै जेठ २१ गते बाट अर्को सुचना जारि नहुदा सम्म चामल बिक्रि रोक गरेको सार्वजनिक सुचना जारि गरेको छ ।
यो आर्थिक बर्ष ढुवानी अनुदानको चामल ७ हजार कुन्टले बिक्रि बितरण भइसकेको गोदाममा न्युनतम मौज्जात भएकाले बितरण रोकेको जानकारी गराएको थियो । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटिेड डिपो कार्यलय कोल्टिका डिपो प्रमुख नविन प्रसाद आचार्यको हस्ताक्षर सार्वजनिक सुचना जारी गरेको स्थानिय मालति रोकायाले वताएकी छन् ।
कोभिड १९ माहामारीको बेला खाद्य संस्थानमा चामल सकिनुले खाद्य संकट शुरु भएको नागरिक समाजका संयोजक जनेश भण्डारीले बडिमालिका खबरलाइ बताएका छन् । पैशा भएपनि खाद्य संस्थानमा चामल नरहेकोले बजारमा महँगो मुल्यमा चामल किनेर खाने गरेको वताए । अर्को कोल्टि बजारमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य सामान कालोबजारी भएको भएपनि अनुगमनमा कुनै वास्ता नभएको उनले वताएका छन् ।
कोल्टि डिपो बाट बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाँउपालिका सेवा लिने गरेका छन् । खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने चामल सकिएको ६ सय कुन्टल मज्जौता रहेको छ, त्यति मौजात राख्नुपर्ने भएकाले राखेको हो, असार १ गते बाट बिक्रि गर्ने योजना रहेको वताएका छन् । चामल सकिएको प्रदेश तथा केन्द्रमा जानकारी गराएका छौ, २ हजार कुन्टल माग पनि गरेका छौ, कुनै जानकारी नआएको ओझाले वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे भने आफुलाई कुनै जानकारी नभएको बताएका छन् । त्यस्तो नहुनुपर्ने हो बुझेर समस्या समाधान गर्ने वताएका छन् । संस्थानले जेठ २१ गते चामल सकिएको जानकारी गराएको भएपनि सरोकारवाला कुनै निकायले पनि ध्यान नदिएको स्थानियले वताएका छन् । हामी डिपोमा चामल किन्न जाने गरेका छौ, त्यहाँ चामल बिक्रि नगर्ने वताए पछि फिर्ता हुने गरेको स्थानिय मोहन लुवारले वताएका छन ।

चर्चामा

सम्बन्धित समाचार