• होमपेज
  • कला /साहित्य
  • धेरै बर्ष बित्यो परदेश मा फसेको मलाई

धेरै बर्ष बित्यो परदेश मा फसेको मलाई

  • बिहिबार, जेष्ठ २९, २०७७
धेरै बर्ष बित्यो परदेश मा फसेको मलाई

गजल!
धेरै बर्ष बित्यो परदेश मा फसेको मलाई,
कामको खोजीमा मुग्लान पसेको मलाई।

अरुको भाँडा खकाल्दै पढाँए बालबच्चा
उनैले शब्दाहीक फट्कार कसेको मलाई।

भन्छन शुद्ध छैन आज बाबा ले लेखे को,
थाहा पाएनौ तिमि कामले डसेको मलाई।

आखा उघारेर हेर त ईतिहाश हाम्रो तिमि,
देखेनौ तुच्छ कामले आँसु खसेको मलाई।

हिँजो आज पढ्न लेख्न पाएका बच्चा ले,
नसम्झिए पि एच डी गर्न नै बसेको मलाई।

बाध्याता ले आएका हौँ आर्कैको देश भित्र,
पौरखी हुँ म नसम्झे खरानि घसेको मलाई।
सुरेशकुमार पान्डे!११-०६-२०२०

चर्चामा

सम्बन्धित समाचार