सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ४ दिनकी शिशुलाइ समेत कोरोनाको पुष्टी

बाजुरामा ४ दिनकी शिशुलाइ समेत कोरोनाको पुष्टी

  • बिहिबार, जेष्ठ २९, २०७७
बाजुरामा ४ दिनकी शिशुलाइ समेत कोरोनाको पुष्टी

बाजुरा– बाजुराकाे बुढिगगा नगरपालिका धुरालशैन माबिमा रहेको क्वारेन्टाइनकी ४ दिनकि शिशुमा समेत कोरोना संक्रमण देखीएको छ । बाजुरा जिल्लामा एकै दिन देखीएका १८ जना मध्य धुरालशैन माबिकाे क्वारेन्टाइनमा जन्मेको चार दिनको शिशुलाइ समेत कोरोना पुष्टी भएको श्रोतले जनाएको छ । जेठ १५ गते क्वारेनटाइनमा नै बच्चा जन्माएकाे हाे ।
जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ मा रहेको धुरालशैन माबिका १ सय ८७ जनाको स्वाव संकलन गरि धनगढी प्रयोगशालामा पठाएकोमा १८ जनामा कोरोना संक्रमण देखा परेको छ ।
केही दिन अगाडी सोही क्वारेन्टाइनमा बसेका एक शिसुको कोरोनाका कारण मृत्यु भइसकेको छ भने एक जना महिला हाल जिल्ला अस्पताल बाजुराको आइसोलेशनमा राखीएको छ ।

चर्चामा

सम्बन्धित समाचार