बाजुरा — बाजुराकाे बुढिन्दा नगरपालिबाबाट एक महिलाकाे उद्धार गरिएकाे छ । गाउँमा रहेकाे स्वास्थ्य सस्थामा उपचार सम्भव नहुने भएपछी हवाइजहमाज मार्फत उद्धार गरिएकाे जिल्ला प्रशासन कार्यालय बाजुराका सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिएका छन् । काेल्टी स्थित २७ बर्षिया नानी कार्कीकाे पेटमा भएकाे बच्चा उल्टाे फर्केका कारण काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए पछी हवाइ उद्धार गरीकाे भण्डारीले जानकारी दिएका छन् । उनकाे पहिलाे बच्चा जन्माउन पनी अपरेशन गरेकाे र याे पटक पनी बच्चा उल्टाे फर्केका कारण काेल्टीमा उपचार सम्भव नहुने भएपछी रिफर गरीएका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।