• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी

सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी

  • बिहिबार, जेष्ठ २९, २०७७
सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी

उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन्। गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले बताए। उनले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए।

कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न उनीसहितको एक उच्चस्तरीय टोली यहाँ आइपुगेको जनाइएको छ। सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार