• होमपेज
  • समाज
  • एनेस्थेसिया विभाग वीर अस्पताललाई स्वस्तिश्री गुरुकुलद्वारा ज्याकेट हस्तान्तरण

एनेस्थेसिया विभाग वीर अस्पताललाई स्वस्तिश्री गुरुकुलद्वारा ज्याकेट हस्तान्तरण

  • बिहिबार, जेष्ठ २९, २०७७
एनेस्थेसिया विभाग वीर अस्पताललाई स्वस्तिश्री गुरुकुलद्वारा ज्याकेट हस्तान्तरण

 काठमाडौं– काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल ) एनेस्थेसिया विभाग अस्पताललाई ८० थान ज्याकेट निःशुल्क हस्तान्तरण गरेको छ ।

नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको हो । आज आयोजित एक कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा.लुःज मानन्धरले एनेस्थेसिया विभागिय प्रमुख प्रा.डा. शान्ता सापकोटालाई ज्याकेट हस्तान्तरण गरेका थिए ।

मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने समाजसेवी डा.लुःज मानन्धरले बताए । उंहाले यस अघि पनि धेरै सामाजिक कामहरु गर्दै आउनु भएको छ। ज्याकेट बुझ्दै विभागिय प्रमुख प्रा.डा. शान्ता सापकोटाले अहिलेको विषम परिस्थितीमा ज्याकेटले चिकित्सकहरुलाई अस्पताल आउ जाउ र सबैले पहिचानमा सहज हुने बताए ।

कार्यक्रममा डाक्टर प्रदिप कोइराला, डाक्टर अनुप जंग कार्की डा.प्रतिक पौडेल, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत एनेस्थेसिया विभागका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार