शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • सरकारी जमिनमा स्थानीयले गरे दुरुपयोग, स्वास्थ्य कार्यलय बाजुराकाे जमीन अतिक्रमणमा

सरकारी जमिनमा स्थानीयले गरे दुरुपयोग, स्वास्थ्य कार्यलय बाजुराकाे जमीन अतिक्रमणमा

  • बिहिबार, जेष्ठ २९, २०७७
सरकारी जमिनमा स्थानीयले गरे दुरुपयोग, स्वास्थ्य कार्यलय बाजुराकाे जमीन अतिक्रमणमा

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेका स्वास्थ्य कार्यलयको जमीन स्थानीय केही ब्यक्तीले अतिक्रमण गरेका छन् । जिल्ला बन डिभीजन कार्यालयको माथी पट्टि रहेका जमीन स्थानीय केही ब्यक्तीहरुले अतिक्रमण गरेको देखीन्छ ।
निजी घर बनाउदै गरेका नेपाली काग्रेसका कार्यक्रता बिर बहादुर थापाले आदी सरकारी जमीन प्रयोग गरीरहेका छन । उनले आफ्नो घर बनाउन सरकारी जमिनमा माटो बालुवा गिट्टी थुपारेर राखेको पाइएको छ ।  सत्ताका आडमा जे गरे पनी हुन्छ भन्ने मानसिकताले गर्दा सरकारी जमीन अतिक्रमीत हुदै गएको छ ।
यस अघि जिल्ला स्वास्थ्य कार्यलय हुदा अस्पतालले केही भाडा उठाउने गरेको भए पनी स्वास्थ्य कार्यालय भइसकेपछी भाडा उठाउन नसकिएको र अतिक्रमणका बिषयमा पटक पटक हटाउन आग्रह गर्दा पनी हटाउन नमानेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । आफु बाजुरा आउदा त्यहाँ स्वास्थ्य कार्यालय जमीन छ भन्ने थाहा पाएर आएको र यहाँ आउदा पुरै जग्गा स्थानीयहरुले अतिकक्रमण गरेको देख्दा पटक पटक हटाउन लगाउदा हटाउने भन्छन तर हटाउदैन जन स्वास्थ्य अधिकृत पन्तले बताए ।
स्वास्थ्य कार्यालयको भवनको टेन्डर समेत भइसकेको अबस्थामा अव जसरी पनी हटाउनुपर्ने हुनन्छ पन्तको भनाइ रहेको छ । यस बिषयमा कार्यालयमा पटक पटक कुरा उठिसकेको र केही दिनमा अतिक्रमीत जमीन फेर्ता हुने प्रमुख पन्तले बताए ।
सरकारी जमिनमा कुनै पनी ब्यक्तीले केही गर्न पाउदैनन त्यहा निजी घर बनाउदा सरकारी जमीनको स्वरुप बिगारेको छ कार्यालय प्रमुख पन्तले स्वीकार गरेका छन् । पाटी जे सुकै होस को मान्छे के पाटीको आफुलाइ मतलव नहुने तर सरकारी जमीन कसैले प्रयोग गर्न पाउदैन पन्तको भनाई रहको छ ।
स्वास्थ्य कार्यालय बाजुराको अतिक्रमण भएको जमिनको बिषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराई सकेको र केही दिनमा सर्बपछिय सर्बदलिय बैठक पनी बसाउने तयारी रहेको प्रमुख पन्तको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार