• होमपेज
  • समाज
  • निर्माण ब्यबासायी सघंका अध्यक्षद्बारा गाडीमा अाउनेलाइ खाद्न्न सहयाेग

निर्माण ब्यबासायी सघंका अध्यक्षद्बारा गाडीमा अाउनेलाइ खाद्न्न सहयाेग

  • बुधबार, जेष्ठ २८, २०७७
निर्माण ब्यबासायी सघंका अध्यक्षद्बारा गाडीमा अाउनेलाइ खाद्न्न सहयाेग

कोरोनाको त्रासकै कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारणहरको सेवाका लागि नेकपा निकट युवा र विद्यार्थीहरु बसपार्कमा उनीहरुको सेवा गर्नका लागि बसपार्कमा लागिरहेका देखीन्छन् । बिभिन्न निकायबाट सहयाेग बटुलेर जिल्लाबाहिरबाट अाउनेहरूलाइ पानी चाउचाउ लगायतका खानेकुराहरू बितरणमा लागिरहेका देखीन्छन

अनेरास्वबीयु र युवा सघंलाइ सहयाेगी निकायहरू पनी सहयाेग गरीरहेका देखीन्छन । साेही अभियानलाइ सहयाेगअार्थ निर्माण ब्यबासयी सघं बाजुराका अध्यक्ष बिनाेद शाहीले दश हजार बराबरकाे खाद्दन्नमा सहयाेग गरेकाे अनेरास्वबीयु बाजुराका सदस्य मिलन अएडीले बताएका छन् ।

नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका सर्वसाधारणहरु  अाउने क्रममा बाटाेमा भाेकभाेकै अाउने खवर पश्चात अनेरास्वीयु बाजुरा र युवा सघं बाजुराकाे सयुक्त अभियानमा बसबाट झर्ने बित्तीकै उनिहरूलाइ पानी चाउचाउ लगायतका खानेकुरा बितरण गरेर सहयाेग गर्ने गरेकाे अनेरास्ववीयु बाजुराले जनाएकाे छ ।

अभियान अन्तरगत युवा र विद्याथीहरुले बसमा आएकाहरुलाई तयारी खाजा, पानीको व्यवस्थासंगै उनीहरुको प्राथमिक स्वास्थ्य औषधोपचार समेत गरिरहेका छन् ।युवा र विद्याथीहरुले चलाएको सो अभियानमा विभिन्न व्यवसायीहरुले पनि साथ दिईरहेको राष्ट्रिय युवा संघ नेपालका बाजुरा संयोजक सन्तोष विकले बताएका छन् । यो अभियान कोरोना भाईरस नियन्त्रण र रोकथाम नहुँदासम्म जनताको सेवा गर्ने काम जारी रहने युुवा संघका संयोजक विकले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार