बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु

  • बुधबार, जेष्ठ २८, २०७७
कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बा ८ च २१०० नम्बरको कारको ठक्करबाट साईकल यात्री घोडाघाडी नगरपालिका १ जनकपुर बस्ने २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्टका अनुसार सोही कारसंग से ५ प ५७०६ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा घोडाघोडी नगरपालिका १० बस्ने ४५ बर्षिया डबल शाह र लम्की चुहा नगरपालिका १० बस्ने ४० बर्षिया जयन्द्र सुनार घाईते भएका छन्।

घाईतेलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार