सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोनाले रोपाई ढिला गरी शुरु

कोरोनाले रोपाई ढिला गरी शुरु

  • मङ्लबार, जेष्ठ २७, २०७७
कोरोनाले रोपाई ढिला गरी शुरु
फाइल तस्बीर

निमेन्द्र शाही–  बाजुरा जिल्लाका नौ स्थानिय तहमा पाँच प्रतिशत मात्र रोपाई सकीएको छ। हिमाली जिल्ला भएका कारण चाँडो धान नरोपे समयमा खेती नपाक्दा हिउँदे खेती लागउँन समेत समस्या हुँन्छ तर यस पटक कोरोना को क्रासका कारण गहुँ समेत समयमा काट्न नपाउँदा रोपाई हुँन नसकेको हो।

कृर्षि ज्ञान केन्द्रको कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ। त्यसमा जम्मा सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । अर्थात ७.७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेका छ। आकाशे पानीको भरमा खेति हुँने हुँदा किसानले अहिले रोपाई गर्न शुरु गरेका हुन्। बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो।

बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेटिूक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ। ‘कोरोनाको डरले हामीले खेतमा काम गर्न जाँन पाएनौं, बारीमा पाकेको गहुँ भित्र्याउँन ठिलो भयो धानको बिउँ समेत समयमा राख्न पाईएन यसले गर्दा केही ढिलो भयो गएका बर्षहरुमा यस समयमा धान रोपेर सकीन्थ्यो यस बर्ष बल्ल शुरु गरेका छौं।’ बडिमालिका–६ जडाङ्गाकी बिमला बडुवाले बताईन्।‘यस बर्ष पाखो जमिनमा समेत खेती लगाउँन ढिलो भयो, कोरोनाको त्रासले कामै गरेनौं पहिले बाँच्नु पर्छ त्यसपछि मात्र अरु काम गर्नु पर्छ भन्ने सोचेउ तर अहिले आएर पहिला खाना चाहियो त्यही भएर हामी खेतीको तयारीमा जुटेका हौं।’

सोही गाउँका कलक बडुवालले जानकारी दिए। ‘पानी समयमा परेको छ। पछि पानी परेन भने खडेरी भएमा हामीले खेती लगाउँन पाउँदैनौं अर्को तिर किराले बिउँ खाएर सकी सक्यो’बडिमालिका–६ का मिनबहादुर धामीले बताए।‘लकडाउँनले गर्दा कृषकहरुले खेती समयमा घर ल्याउँन पाएनन् असीनोले बिस प्रतिशत अन्न माटोमा मिसीयो । कोरोनाको त्रास सबै तिर थियो। अहिले पनि हाम्रो हिमाली जिल्ला भएका कारण समयमा खेती नलगाउँने भने पछि समयमा पाक्दैन त्यसैले किसान लकडाउँनमा समेत खेतमा काम गरीरहेका छन्।’ बाजुरा कृर्षि ज्ञान केन्द्रका कार्यालय प्रमुख गोबिन्द्र सिजापतीले बताए।

चर्चामा

सम्बन्धित समाचार