• होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिए

  • सोमवार, जेष्ठ २६, २०७७
कर्णाली प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं — नेपालमा थप १६ जनामा कोरोना संक्रमण भेटिएको छ। कर्णाली प्रदेशको तीन जिल्लामा गरी १६ जनामा कोरोना भेटिएको हो।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी दैलेखमा १०, सल्यानमा ५ र सुर्खेतमा १ जना गरी १६ जनामा कोरोना देखिएको जनाएको छ। यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ। सोमबार थपिएका कुल संक्रमितमध्ये १ जना महिला र १५ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा गरी मुलुकभर संक्रमितको संख्या ३ हजार ६ सय ३९ पुगेको छ। जसमध्ये हालसम्म ४ सय ६७ जना उपचारपछि डिस्जार्च भएका छन्।

चर्चामा

सम्बन्धित समाचार