बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाल बच्चालाई पाल्न धेरै सारो भयो

बाल बच्चालाई पाल्न धेरै सारो भयो

  • सोमवार, जेष्ठ २६, २०७७
बाल बच्चालाई पाल्न धेरै सारो भयो

गजल!
गरिबलाई दिन काट्न अपठारो भयो,
जता कतै राशन पानीनै उधारो भयो।

मज्दुरी सबै जसो बन्द भय पछि अब,
बाल बच्चालाई पाल्न धेरै सारो भयो।

न काम छ न दामछ माम नभैई हुँदैन,
उधार माग्दा साहुकै बोलि खारो भयो।

देश बिदेशमा ताला बन्द भएपछि ता,
कोरोनाको दृष्टीमा गरिबनै तारो भयो।

छोरा छोरि भोकले रोएको मुटु भित्र त,
शमुन्द्रको जोहारभाटा झैँ झटारो भयो।

धनी बडो शान सँग हिड्छन सडक मा,
उन्लाई हिजो आज बाटो उघारो भयो।
सुरेशकुमार पान्डे।८-७-२०२०,

चर्चामा

सम्बन्धित समाचार