शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • समाजसेवि बस्नेतको सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण

समाजसेवि बस्नेतको सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण

  • सोमवार, जेष्ठ २६, २०७७
समाजसेवि बस्नेतको सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण

बाजुरा–  समाजसेवि तथा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेतको आर्थिक सहयोगमा बडिमालिका खबरद्धारा राहत बितरण गरिएको छ । लकडाउनको बेला खाद्य संकटको मार खेपिरहेका ४ परिवारलाई खाद्यन्न सहयोग गरिएको बडिमालिका खबरका सम्पादक तथा प्रकाशक प्रकाश सिंहले वताएका छन् । प्रति परिवार ५ हजार बराबरको खाद्यन्न सहयोग गरिएको छ । यो संकटको बेला थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको समाजसेबि सम्राट सिं बस्नेतले बडिमालिका खबरलाइ बताएका छन् ।

बडिमालिका नगरपालिका ७ रजातोली बस्ने रुपा पाध्याय, सोहि वडा जिल्ली बस्ने बादुरे दमाई, बडिमालिका नगरपालिका ४ जुगाडा बस्ने रुप नेपाली र बुढिगंगा नगरपालिका ९ बस्ने चेत बहादुर सिंहको परिवारलाइ खाद्यन्न सहयोग गरिएको छ । करिब डेढ महिना सम्म खानका लागि चामल, दाल, चिनि, साबुन, तेल, नुन सहयोग गरिएको छ । समाजसेवि बस्नेतले ४ परिवारका लागि २० हजार नगद सहयोग गरेका थिए, त्यसैमा बडिमालिका खबरले ५ हजार थपेर २५ हजार बराबरको खाद्यन्न राहत बितरण गरिएको थियो ।

संकटको बेला खाद्यन्न सहयोगले आफुहरुलाई ठुलो सहयोग भएको रुप नेपालीले वताएका छन् । रुपा पाध्यायका ३ छोरी र उनि गरि चार परिवार रहेका छन् । उनका श्रीमान ७ बर्ष देखी भारतमा भएपनि तर परिवारको सम्पर्कमा नरहेको उनले वताईन् । त्यस्तै बादुरे दमाईको परिवार आर्थिक अबस्थामा निकै कमजोर रहेको छ । बादुरेलाई गत बर्ष मात्र सम्राट सिं बस्नेतको पहलमा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले खुट्टाको उपचारमा सहयोग गरेको थियो ।

रुप नेपाली र चेत बहादुर सिंहको पनि आर्थिक अबस्था निकै दयनिय रहेको छ । उनिहरुको परिवारमा छाक टार्न समेत धौ धौ भएको छ । थोरै परिवारलाई भएपनि ठुलो मात्रामा सहयोगले उनिहरुलाई केही महिना खाद्यन्नको जोहो भएको बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । उनले सहयोगिलाई धन्यवाद दिनुका साथै अझै दिनदुखिको सेवामा लाग्न आग्रह गरेका छन् । समाजसेवी बस्नेतले हामिलाई थोरै लागेपनि कसैलाई ठुलो सहयोग हुन्छ, संकटको बेला सहयोग गर्नु हाम्ररो धर्म र दायित्व रहेको वताएका छन् ।

अझै पनि सक्दो सहयोग गर्ने वताएका छन् । सम्राट सिं बस्नेतको पहलमा बाजुारका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ । केहीलाई सञ्चो भएर घर फर्किसकेका छन्, भने बाजुराका मात्र ५ जनाको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान मार्फत उपचार भइरहेको छ । बस्नेते बाजुराका लागि भगवान सरह भएको गणेश लुवारले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार