शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • अछामबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

अछामबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

  • सोमवार, जेष्ठ २६, २०७७
अछामबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

अछाममा एक गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भवती भएको २१ हप्ता पुगेकी जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ की २५ बर्षिया निर्मला खड्काको उद्धार गरिएको हो ।

उनको पेटेमा ४ दिन देखि आन्द्रा नचल्ने भएपछि थप उपचारका लागि हेलीकप्टर मार्फत उद्धार गरिएको बयालपाटा अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा समस्या भएपछि आफन्तले खड्कालाई बयालपाटा अस्पतालमा पुर्याएका थिए ।

उनको आन्द्रा नचल्ने भएपछि जटिल खाले अप्रेसन गर्नुपर्ने भन्दै थप उपचारका लागि रेफर गरिएको बयालपाटा अस्पतालका सहायक मेकिल निर्देशक डाक्टर पवन अग्रवालले बताए ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज पठाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

चर्चामा

सम्बन्धित समाचार