बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डिप फ्रिजमा थन्किए थ्रोट स्वाबका नमुना सुदूरपश्‍चिम प्रयोगशालामा

डिप फ्रिजमा थन्किए थ्रोट स्वाबका नमुना सुदूरपश्‍चिम प्रयोगशालामा

  • सोमवार, जेष्ठ २६, २०७७
डिप फ्रिजमा थन्किए थ्रोट स्वाबका नमुना सुदूरपश्‍चिम प्रयोगशालामा

सुदूरपश्‍चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणको कामले गति लिन सकेको छैन।प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण हुन नसकेको हो।

प्रदेशका विभिन्‍न जिल्लाबाट हिजोसम्म संकलित एक हजार ६४२ वटा नमुना परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। निर्देशनालयका अनुसार संकलित नमुना अहिले धनगढी प्रयोगशालामा परीक्षणको पर्खाइमा डिप फ्रिजमा थन्किएका छन्।निर्देशनालयले यसअघि संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगित गरेको थियो।

धनगढी प्रयोगशालाबाट दैनिक बढीमा दुई सय ५० नमुना परीक्षण सम्भव भएकाले संकलित नमुना डिप फ्रिजमा थन्क्याउनुपर्ने बाध्यता आइपरेको हो।थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टाभित्र परीक्षण गर्न सकेमा मात्र प्रयोगशालाले विश्वसनीय रिर्पोट दिने चिकित्सकहरू बताउँछन्। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १५ चैतमा धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म त्यसका लागि उपकरण खरिद प्रक्रिया नै शुरु भएको छैन।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा अहिले सञ्‍चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघीय सरकारले उपलब्ध गराएको हो।

चर्चामा

सम्बन्धित समाचार