मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • कोशी प्रदेश
  • अछामका १० वटा स्थानीय तहमा क्वारेन्टाईनमा बस्नेको सख्या ९ हजार पुग्यो

अछामका १० वटा स्थानीय तहमा क्वारेन्टाईनमा बस्नेको सख्या ९ हजार पुग्यो

  • सोमवार, जेष्ठ २६, २०७७
अछामका १० वटा स्थानीय तहमा क्वारेन्टाईनमा बस्नेको सख्या ९ हजार पुग्यो

एकेन्द्र महता– अछाममा क्वारेन्टाईनमा बस्नेको सख्या ९ हजार पुगेको छ । सवैभन्दा वढी ढकारी गाउँपालिकामा क्वारेन्टाईनमा बसेका छन । ढकारी गाउँपालिकामा २ सय ४ जना महिला र १ हजार १ सय १८ जना पुरुष गरी १ हजार ३ सय २२ जनालाई क्वारेन्टाईनमा राखिएको छ। दोस्रोमा साँफेबगरमा क्वारेन्टाईनमा बस्नेको सख्या १ हजार २ सय ८० पुगेको छ । उनीहरु मध्ये अधिकांस भारतबाट आएका व्यक्ति रहेका छन् । केहि व्यक्ति मात्रै जिल्ला बाहिरबाट आएका छन् । जिल्ला बाहिरबाट आएका व्यक्तिमा समस्या केहि नदेखिए पछि आज पनि केही वडाले होम क्वारेन्टाईनमा सुरक्षित बस्ने प्रतिबद्धता जनाए पछि केहिलाई घर पठाइएको छ ।

नगरपालिकाको वडा नम्बर १ बैजनाथमा ५१ जना, वडा नम्बर २ जाल्पादेविमा १ सय ६ जना, वडा नम्बर ३ शिद्धेश्वरमा ७१ जना, वडा नम्बर ४ मष्टामाण्डौँमा ७० जना, वडा नम्बर ५ नवाठानामा ८५ जना, वडा नम्बर ६ भाग्यश्वरमा १७, वडा नम्बर ७ रिडिकोटमा ८६ जनालाई वडाले निर्माण गरेका क्वारेन्टाईनमा राखिएको छ । यस्तै वडा नम्बर ८ चण्डीकामा ६८ जना, वडा नम्बर ९ बुढाकोटमा १ सय ३६ जना, वडा नम्बर १० घुघुरकोटमा १ सय ११ जना, वडा नम्बर ११ देविस्थानमा १ सय ५९ जना, वडा नम्बर १२ खप्तडमा ५३ जना, वडा नम्बर १३ बाब्लामा १ सय २९ जना र वडा नम्बर १४ पातलकोटमा १ सय १३८ जनालाई क्वारेन्टाईमा राखिएको साँफेबगर नगरपालिकाकाले जनाएको छ । क्वारेन्टाईनमा राखिएका व्यक्तिलाई नियमको पालन गरेर बस्नको लागी साँफेबगर नगरपालिकाले अनुरोध गरेको छ ।
यस्तै चौरपाटी गाउँपालिकामा एकैदिन १ सय ६९ जना भारतबाट पुगेका छन् । योसँगै क्वारेन्टाईमा बस्नेको सख्या १ हजार १ सय ३० पुगेको छ । चौरपाटी गाउँपालिकाको वडा नम्बर १ सिउडीमा २ सय ३२ जना, वडा नम्बर २ सोकटमा १ सय ४७ जना, वडा नम्बर ३ सोकट गगुडा ७३ जना, वडा नम्बर ४ पायलमा ३ सय १८ जना, वडा नम्बर ५ लुग्रामा १ सय ३९ जना, वडा नंम्बर ६ दूनीमा १ सय २१ र वडा नं.७ मार्कुमा १०० जनालाई क्वारेन्टाइमा राखिएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिकाले क्वारेन्टाईन निर्माणदेखि अन्य व्यवथापनलाई पनि तिव्र रुपमा अघि बढाएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिनुभयो ।
यता मेल्लेख गाउँपालिकामा १ हजार १ सय ४४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिकाको वडा नम्बर १ ऋषिदहमा १ सय ५७ जना, वडा नम्बर २ ऋषिदहमा ६८ जना, वडा नम्बर ३ ठाँटीमा १ सय ५३ जना, वडा नम्बर ४ कुष्कोटमा ३ सय ७ जना, वडा नम्बर ५ विन्देवासिनिमा ९२ जना, वडा नम्बर ६ षोडशामा १ सय २२ जना, वडा नम्बर ७ नन्देगडामा १ सय ५९ जना, वडा नम्बर ८ हात्तिकोटमा ८३ जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखाका अनमी जयसरा साउँदले जानकारी दिनु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा ८ सय ९२ जना क्वारेन्टाईनमा बसेका छन् । गाउँपालिकाको वडा नम्बर १ गाज्रामा ७५ जना, वडा नम्बर २ जनालीकोटमा एक सय २७ जना, वडा नम्बर ३ बर्दादेविमा एक सय ९७ जना, वडा नम्बर ४ तिमिल्सैनमा ३९ जना, वडा नम्बर ५ कालिकामा दुई सय ४७ जना र वडा नम्बर ६ दर्नामा दुई सय ७ जना क्वारेन्टाईनमा बसेका छन् ।
यस्तै रामारोशन गाउँपालिकामा ९५ जना महिला र ४ सय ५७ जना पुरुष गरी ५ सय ५२ जना, मंगलसेन नगरपालिकामा १ सय १० जना महिला र ५ सय ७१ जना पुरुष गरी ७ सय १ जना, कमलबजार नगरपालिकामा ७९ जना महिला र ५ सय ५१ जना पुरुष गरी ६ सय ३० जना, पञ्चदेवल विनायक नगरपालिकामा २६ जना महिला र ४ सय २६ जना पुरुष गरी ४ सय ५२ जनालाई क्वारेन्टाईमा राखिएको छ । उता तुर्माखाँद गाउँपालिकामा ७२ जना महिला र ८ सय २४ जना पुरुष गरी ८ सय ९६ जना क्वारेन्टाईनमा बसेका छन् ।

चर्चामा

सम्बन्धित समाचार