बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा परीक्षणको पर्खाइमा रहेका १६४२ नमुना प्रयोगशालाको डिफ्रिजमा थन्कीए

सुदूरपश्चिममा परीक्षणको पर्खाइमा रहेका १६४२ नमुना प्रयोगशालाको डिफ्रिजमा थन्कीए

  • सोमवार, जेष्ठ २६, २०७७
सुदूरपश्चिममा परीक्षणको पर्खाइमा रहेका १६४२ नमुना प्रयोगशालाको डिफ्रिजमा थन्कीए

धनगढी —  सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणको कामले गति लिन सकेको छैन्। प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट स्वाबको नमुना परीक्षण हुन सकेका छैनन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आइतबार सम्म संकलन भएका एक हजार ६ सय ४२ नमुना परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। निर्देशनालयका अनुसार संकलित नमुना अहिले धनगढी प्रयोगशालामा परीक्षणको पर्खाइमा छन्।

निर्देशनालयले यसअघि संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगीत गरेको छ। धनगढी प्रयोगशालाबाट दैनिक बढिमा दुई सय ५० नमुना परीक्षण सम्भव भएकाले संकलीत नमुना डिफ्रिजमा थन्क्याउनुपर्ने बाध्यता आईलागेको हो।

थ्रोट स्वाबको नमुना संकलन भएको ७२ घण्टा भित्र परीक्षण गर्न सकेमा प्रयोगशालाले विश्वसनीय रिर्पोट दिने भएपनि सुदूरपश्चिममा भने एउटा मात्र प्रयोगशाला हुँदा लामो समय थन्क्याउनुपरिरहेको हो।

प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले चैत १५ मा धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर अहिले सम्म प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सकेको छैन्।

धनगढीमा अहिले सञ्चालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको आरटी पीसीआर मेसिन पनि संघिय सरकारले पठाएको थियो।

चर्चामा

सम्बन्धित समाचार