सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुन र नगद सहित बुटवलका श्रेष्ट बाजुरामा पक्राउ

सुन र नगद सहित बुटवलका श्रेष्ट बाजुरामा पक्राउ

  • आइतवार, जेष्ठ २५, २०७७
सुन र नगद सहित बुटवलका श्रेष्ट बाजुरामा  पक्राउ

८ ताेला सुन र नगद सहित बुटवल घर भएका राजु श्रेष्ट बाजुरामा प्रकाउ परेका छन् । अछाम साफेँबगरकाे एक पसलबाट सुन र नगद चाेरी गरी बाजुरा अाएका श्रेष्टलाइ बाजुरा प्रहरीले शनिबार प्रकाउ गरेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

बडीमालिका नगरपालिका २ भाैनेराबाट ८ ताेला सुन र ३८ सय नगद सहित श्रेष्टलाइ  पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । शनिवार जिल्ला प्रहरी कार्यालय बाजुराकाे एक टाेलीले बडीमालिका नगरपालिका २ भाैनेराबाट बुटवल घर भई अछामको साँफेवगरमा होटेलमा काम गर्ने राजु श्रेष्ठलाई अाठ ताेला सुन र ३८ सय नगदसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएकाे छ ।

विशेष अनुसन्धानका अाधारमा उनलाई भाैनेराबाट शनिवार सांझ ६ बजेकाे समयमा पक्राउ गरिएकाे प्रहरीले बताएकाे छ । सुन र नगदसहित पक्राउ गरिएका उनकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार