मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट झण्डै ५३ सय भित्रिए

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट झण्डै ५३ सय भित्रिए

  • शुक्रबार, जेष्ठ २३, २०७७
कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाट झण्डै ५३ सय भित्रिए

कैलाली — कैलालीको त्रिनगर नाकाबाट आजपनि भारतमा अलपत्र नेपाली भित्रिएका छन्। आज चार हजार एक सय ९३ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन्। स्वदेश भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मतबहादुर थापाले बताए।

उनीहरुलाई स्थानीय तहले स्थापना गरेका विभिन्न क्वारेन्टाइनमा राखिने छ। आज त्रिनगर नाका भएर दुई सय ८६ भारतीय नागरिक पनि भारत फर्किएका छन्।

उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट आज एक हजार बढी नेपालीको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतका विभिन्न क्षेत्रबाट फर्किएका एक हजार ९७ जनाको पश्चिमी सीमा नाकाबाट उद्दार गरिएको हो। यस्तै नेपालबाट चार सय २९ जनालाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताए।

चर्चामा

सम्बन्धित समाचार