शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका युवाले बृक्षारोपण गरेर मनाए बिश्व वातारण दिवस

बाजुराका युवाले बृक्षारोपण गरेर मनाए बिश्व वातारण दिवस

  • शुक्रबार, जेष्ठ २३, २०७७
बाजुराका युवाले बृक्षारोपण गरेर मनाए बिश्व वातारण दिवस

बाजुरा– बाजुरा जिल्लाका युवाहरुले बिश्व वतावरण दिवसको अवसरमा बृक्षारोपण गरेर मनाएका छन् । सदरमुकाम मार्तडी स्थित बाउली खोलाको तिरमा नदिलाई रोकथाम गर्ने उदेस्यले बाउली खोलादेखी खडखडे खोलाको तिरै तिर बिरुवा रोपेर बिश्व वातारण दिवस मनाएको नेपाल युवा संन्जाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष शेर बहादुर रावलले बताए ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको  र संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति सामाजिक जागृति ल्याउने उद्देश्यले हरेक बर्ष मनाउदै आएकोले बाजुरामा पनी यो दिवसलाई निरन्तरता दिएको अध्यक्ष रावलको भनाई रहेको छ ।

जिल्ला बन डिभीजन कार्यालयको समन्वय तथा नेपाल युवा संन्जाल सहकार्यमा बाउली खोला देखी खडखडे सम्मको क्षेत्रमा बिरुवाहरु रोपेको युवा राष्ट्रिय नेपाल युवा संन्जालका सदस्य समिर रोकायाले बताए ।


दिनानुदिन बन बिनास हुदै गएकोले अव वातारणको रेखदेखमा युवाहरुको पनी भुमीका हुनुपर्छ भन्ने उदेस्यका साथ बृक्षारोपण गरी दिवस मनाएको युवाहरुले बताएका छन् । जिल्ला बन डिभीजन कार्यालय बाजुराबाट भिन्न प्रजातीका बिरुवाहरु उपलब्ध गराएको र राष्ट्रिय युवा संघ बाजुराका सदस्यहरुले बृक्षारोपण गरेको नेपाल युवा संन्जालका प्रदेश अध्यक्ष रावलले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार